काठमाडौं । काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६३३, ललितपुरका १०४ र भक्तपुरका ७२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ३ र ललितपुरका २ जनाको निधन भएको छ । काठमाडौं ६१ र ६२ वर्षका पुरुष तथा ५० वर्षीया महिलाको निधन भएकाे हो भने ललितपुरका ४२ रु ७७ वर्षका पुरुषको ज्यान गएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।