काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका युवा नेता एवं गगनकुमार थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थापाले ट्विटरमार्फत कोरोना पुष्टि भएको भन्दै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सतर्क हुन र स्वास्थ्यमा समस्या आएमा चिकित्सकसँग परामर्श गर्न अनुरोध गरेका छन् ।

कांग्रेसले १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरुको पीसीआर टेष्ट गरेको थियो । त्यसमा केही नेतालाई संक्रमण पुष्टि भएको हो । थापाले कोरोना संक्रमण भएको तर स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । थापा अहिले होम आइसोलेसनमा बसेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।