काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । आज बिहीबार सुनको मूल्यले तोलामा २०० रुपैयाँले बढेर कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायीले छापावाला सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

अघिल्लो दिन बुधबार पनि सुन तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला ९५ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार चाँदीको भाउ भने घटेको छ । यसदिन तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २३० रुपैयाँमा खरिदबिक्री भएको छ । बुधबार भने चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।