विराटनगरस्थित विराट मेडिकल कलेजले पैसा नतिरेको भन्दै कोरोना संक्रमणका कारण मृत्यु भएका एक पुरुषको शव तीन दिनसम्म आफन्तलाई नदिई राखेको छ । उपचारको क्रममा उठेको बिलको रकम तिर्न नसक्दा विराटनगर–३ का ६५ वर्षीय एक पुरुषको शव अस्पतालले आफन्तलाई नदिएको हो ।
एक बोर्डिङ स्कुलमा सवारी चालकको रुपमा कार्यरत ती पुरुषलाई ६ कात्तिकमा विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । शनिबार बिहान करिब ८ बजे उनको मृत्यु भएको थियो ।
Comments



