भारतमा कोरोना खोप लगाएका ५२ जना बिरामी, १ को अवस्था गम्भीर

काठमाडौं । कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा भारतमा असर देखिएको छ । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएको थियो । पहिलो दिन स्वास्थ्यकर्मी र सफाइकर्मीलाई कोरोना खोप दिइएको थियो । दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको बताइएको छ।

राजधानी नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएकोमा ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।