काठमाडौं । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले आगामी ११ माघमा लगन गाँठो कस्ने निश्चित भएको छ । उनले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्ने भएका हुन्।
मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा बस्दै आएका छन्। ज्याङ्मु र मुख्यमन्त्री राई एक बर्षदेखि प्रेममा थिए। राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुन लागेको हो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।