काठमाडौं । नेकपा ओली समूहभित्र खटपट सुरु भएको छ । ओली समूहको राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा रामबहादुर थापा बादल समूहका नेताहरुले बहिष्कार गरेका छन् ।

नेकपा विभाजन हुँदा केपी ओलीतिर लागेका बादलको युवा संघमा ५६ जना रहेको जनाइएको छ । बादल समूहले आफूहरुलाई निषेध गरेर जान खोजेपछि बहिस्कार गरेको जनाएका छन् । बादल निकट वीरु तामाङको नेतृत्वमा भेला बहिष्कार गरिएको छ । तामाङ तत्कालीन वाईसीएलका उपाध्यक्ष थिए भने सबित ढुंगाना सचिव हुन् ।

एमाले र माओवादी एकतापछि युवा संघमा ३३५ सदस्यीय कमिटी बनेको थियो । सहसंयोजक रमेश पौडेलको नेतृत्वमा भएको भेलामा ८१ जना मात्र सहभागी रहेको बताइएको छ । ‘३३५ जनाको कमिटीमा ८१ जनाले गरेको निर्णय अवैध हो । एक तिहाइले नयाँ नेतृत्व चयन गर्ने भन्ने नै हुँदैन’, ढुंगानाले भने ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।