Thursday, September 24, 2026
17.1 C
Kathmandu
Home अर्थ खबर सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा शर्मा

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा शर्मा

काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो।

बैंकको यसअघिका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले मंगलबार मात्रै राजिनामा दिएका थिए। उनको राजिनामा स्वीकृत भए लगत्तै सञ्चालक समितिको बैठकले शर्मालाई प्रमुख कार्यकारीमा नियुक्ति गरेको हो। यस अघि उनी माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।