ओली क्याबिनेटकै दुई मन्त्री फिर्ता आउँदैछन् : प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटका दुई मन्त्री आफूहरुको समूहमा फिर्ता आउन लागेको दाबी गरेका छन् ।
नेकपाले बुधबार काठमाडौंमा गरेको विशाल जनसभामा बोल्दै उनले ओली समूहबाट फिर्ता हुनेको लाइन रहेको भन्दै दुई जना मन्त्री पनि फिर्ता हुन लागेको बताएका छन् । ‘अरु त अरु भए, केपी जी तपाईले नै बनाएका दुई मन्त्री फिर्ता हुदैछन् मसँग कुराकानी भइरहेको छ ।’ उनले जनसभालाई सम्बोधन गर्ने क्रममा भने । प्रचण्डले दुई मन्त्री फिर्ता भएर आउन लागेको बताए पनि उनीहरु को हुन् भनेर खुलाएनन् ।