काठमाडौं २९ माघ । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको बताएकी छिन् । महानगरीय अपराध महाशाखाको टोलीले राज्य विरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार विहान उनलाई पक्राउ गरेकोमा साँझ छाडेको छ । मीनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ उनलाई रिहा गरिएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

रिहाइपछि झाँक्रीले आफू विना शर्त रिहा भएको बताएकी छन् । प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन भूमिका खेलेका कारण आफूलाई दुव्यर्वहार गर्ने प्रयासस्वरुप पक्राउ गरिएको भन्दै उनले लोकतन्त्र पक्षधरहरुको दबावमा आफू रिहा भएको बताइन् । उनले अघि भनिन्, ‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ । हामी जित्दैछौं ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।