नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षणका लागि आज भारत पुगेका छन् । आफ्नो धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित नियमित स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली पुगेका हुन् ।

उनले पहिले स्वास्थ्य परीक्षण गर्न चीन जाने गरेता पनि यसपटक कोरोना भाइरस (कोभिड–१९) को कारणले भारत गएको बताइएको छ । चीनमा जाँदा अनिवार्य १४ दिन क्यारेन्टिनमा बस्नुपर्ने भएकोले उनी भारत गएका हुन् । उनी स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्लीको एपोलो अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य परीक्षण गराएर चारदिनपछि उनी स्वदेश फिर्ता हुनेछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।