काठमाडौं । कुनै पनि ट्राभल हिस्ट्री नभएका १३ जनामा नयाँ कोरोना भाइरसको आशंका गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार केही दिनअघि मुक्तिनाथ दर्शन गरेर फर्किएका एक व्यक्तिको परीक्षण गर्दा नयाँ प्रकारको कोरोना भाइरस देखिएको र सो व्यक्तिको सम्पर्कमा रहेका १३ जनाको नमूना परीक्षण गर्दा उनीहरूमा पनि नयाँ भेरियन्टको भाइरस पुष्टि भएको हो । ती व्यक्ति पनि बेलायतबाट फर्किएका व्यक्तिको सम्पर्कमा रहेका थिए ।

‘नयाँ प्रकारको कोरोना भाइरसमा ‘एस जीन’ नदेखिने र यी १३ जनामा पनि परीक्षण गर्दा ‘एस जीन’ नदेखिएकोले नयाँ प्रकारको भाइरस पुष्टि भएको, तर यसअघि बेलायतबाट फर्किएका तीन जनामा देखिएको खालको भेरियन्ट हो वा हैन भन्ने निश्चित नभएको बताइएको छ ।

हाल नेपालमा कुन किसिमको कोरोना भाइरस हो भनेर पत्ता लगाउन परीक्षण गरिने (जीन सिक्वेन्सिङ) प्रविधि छैन भने यसअघि गत माघमा पनि बेलायतबाट आएका नेपालीमा देखिएको भाइरस कुन किसिमको हो भनेर पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पाँच जनाको स्वाब संकलन गरी पुस २७ पठाइएको थियो । पाँच जनामध्ये ३ जनामा नयाँ ‘भेरियन्ट’को भाइरस देखिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।