फागुन ३ । कालिकोटको पलाँता गाउँपालिकाका अध्यक्षले ताला लगाएपछि एक विद्यालयको परीक्षा स्थगित भएको छ। पलाँता–१ खाडाजयखोलामा रहेको गणेश आधारभूत विद्यालयमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले आईतबार दिउँसो ताला लगाएको विद्यालयले जनाएको छ।

‘हिजो ३ बजेतिर एक्कासी आएर अध्यक्षज्यूले विद्यार्थीलाई बाहिर निकालेर विद्यालयका दुई वटा कोठामा ताल्चा लगाईदिनुभयो,’ विद्यालयका प्रधानाध्यापक सर्पानन्द न्यौपानेले भने, ‘यसको कारण के हो भन्नेबारेमा हामी नै अन्यौलमा छौं, यसले गर्दा साेमबारदेखि सञ्चालन गर्ने भनिएको परीक्षा पनि स्थगित गरेका छौं।’

प्रधानाध्यापक न्यौपानेका अनुसार दिउँसो कक्षा कोठामा बसिरहेका कक्षा ४ र ५ का विद्यार्थीलाई बाहिर निकालेर अध्यक्ष बमले दुई वटा कोठामा ताल्चा लगाएका थिए। गाउँपालिका अध्यक्षले ताल्चा लगाईदिएपछि सोमबारदेखि सञ्चालन गर्ने भनिएको परीक्षा अब ५ गतेबाट सुरु गर्ने निर्णय भएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।