दावालाई मन्त्री बनाउँदा प्रचण्ड–माधवमा, श्रीमतीलाई मन्त्री बनाउन फेरी ओली समूह फिर्ता

काठमाडौं । श्रीमती उषाकला राईलाई प्रदेश एकको मन्त्री बनाउने आश्वासनपछि पूर्वकानुन मन्त्री शेरबहादुर तामाङ दम्पती फेरि ओली समूहमा लागेका छन् । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई केन्द्रीय सदस्य बनाएका थिए । त्यस समयमा उनीहरूले सबै किसिमका गलत कुराहरु विशेष गरेर भ्रष्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाइरहेको र अहिले अलपत्र परेको भन्दै केन्द्रीय सदस्य पद अस्वीकार गरेर प्रचण्ड नेपाल समूहमा रहेकाे जनाएका थिए ।

त्यसो त प्रधानमन्त्री ओलीले मन्त्रीमण्डलमा सिन्धुपाल्चोकको आफ्नै क्षेत्रको एक प्रदेशबाट कांग्रेससँग पराजीत दावा लामालाई मन्त्री बनाउने निश्चित भएपछि उनीहरु नेकपा प्रचण्ड–माधव समूहमा लागेका थिए । जानकारहरुका अनुसार राईलाइ प्रदेश एकको मन्त्री बनाइने भएपछि अहिले शेरबहादुर तामाङ र उषाकला राई दम्पती ओली समूहमा लागेका हुन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

तामाङ तत्कालिन एमालेमा माधव समूहका रुपमा चिनिन्थे । उनी कानुन मन्त्री रहँदा एक अभिव्यक्तिका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई राजीनामा दिन बाध्य पारेका थिए । उनले नैतिकताका आधारमा भन्दै राजीनामा दिएका थिए । पछि, नेकपा विभाजनको क्रममा ओली समूहले श्रीमती उषाकलाई केन्द्रीय सदस्य बनाउँदै आफ्नो समूहमा पार्ने प्रयास गरेको थियो । त्यस समयमा अस्वीकार गरेपनि अहिले मन्त्री बनाउने आश्वासनकै कारण पुनः ओली समूहमा लागेको चर्चा हुने गरेको छ । ओली पक्षले प्रदेश नम्बर १ को सरकारबिरुद्ध अविश्वास प्रस्ताव निस्तेज वार्न प्रचण्ड–माधव पक्षमा लागेका एक/एक सांसद खरिद बिक्री गर्ने अभियान नै चलाएको छ ।

प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावको बारेमा निर्णय नगरी महिना दिनदेखि सांसद आफ्नो पक्षमा तान्ने ओली समूहको प्रयास जारी छ । प्रचण्ड माधव समूहमा लागेका सांसदहरु गोपालचन्द्र बुढाथोकी, जसमाया गजमेरलाई आफ्नो पक्षमा ल्याएका मुख्यमन्त्री शेरधन राईको समूह त्यति गर्दा पनि संसदीय दलमा अल्पमतमा परेपछि उषाकला राईलाई प्रभावमा पार्न सफल भएको छ । ‘प्रदेश सभामा शेरधनको पक्षमा लाग्दा उषाकला राईलाई मन्त्री पद दिइने आश्वासन दिइएको छ । प्रदेशको मन्त्री पद पाउने भएपछि उषाकला पनि ओली पक्षमा लाग्न सहमत भइन् ।’ नेपालफेस डटकमले समाचार लेखेको छ ।

‘यो कम्युनिस्ट आनदोलनमा म लागेको पनि चार दशक भएको छ तर पद र पैसा केहि होइन जनताको दुई पैसा खाइन्न बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छँदैछ । सबै प्रकारका गलत कुराहरु मुख्य गरेर भ्रष्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाइ रहेका थियौं । तर आज त्यो अलपत्र परेको छ ।’ यसअघि ओली समूहको केन्द्रीय सदस्य परित्याग गर्ने क्रममा राईले भनेकी थिइन् ।
अहिले भने उनले सामाजिक सञ्जाल फेसबुकमा प्रस्ट रुपमा भन्नु पर्दा यतिखेर हामी समाननीय प्रधानमन्त्री ओलिले नेतृत्व गर्नु भएको नेकपा पार्टीको पंक्तिमा उभिने र फेरी पनि जनताको बहुदलीय जनबाद्को आलोकमा पार्टी निर्माण र मुलुकको भविष्य निर्माण गर्ने कुरामा आबद्द हुने निर्णय गरेको जनाएकी छिन् ।