काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधन भएको छ । अचानक हृदयघात भएपछि प्रकाशलाई आइतबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल लगिएको लाजिम्पाट स्रोतले जनाएको छ । 
 प्रकाशलाई बिहान ५ बजे हस्पिटल ल्याइएको र उनको मृत्यु भएको हस्पिटल स्रोत जनाएको छ ।

माओवादी केन्द्रकी प्रवक्ता पम्पा भुषालले दुखद घटना भएको र डाक्टरको औपचारिक निर्णय कुरिरहेको बताइन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।