भदौ १६ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल पिसाब नलीमा रहेको पत्थरीको सफल शल्यक्रियासँगै घर फर्किएका छन् ।

आज बिहान युरोसर्जन सुमन शर्मा, राजेश बटाजु तथा भारतको एपोलो अस्पतालका युरो सर्जन असुमान अग्रवाल सहितको चिकित्सकको टोलीले अध्यक्ष खनालको शल्यक्रिया लेजर प्रविधिबाट सफलतापूर्वक गरेका हुन् ।
पत्थरीको शल्यक्रियाका लागि खनाल आज बिहान अल्का अस्पताल जाउलाखेलमा भर्ना थिए ।

उनलाई शल्यक्रिया सफल भएपछि साँझ डिस्चार्ज गरिएको छ ।

चिकित्सकले केही दिन आराम गर्न, प्रशस्त पानी पिउन, एक साप्तापछि पुनः पिसाब जाँच गर्न अध्यक्ष खनाललाई सल्लाह दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।