साउन १७ – प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका युनिटी सञ्चालक प्रसाद भनेर चिनिने काशीराम गुरुङ पक्राउ परेका छन् ।
गैरकानूनी गतिविधि गरेर चार अर्ब रकम ठगी गरेको अभियोगमा उनी प्रहरीको मोस्ट वान्टेट सुचिमा परेका थिए ।
उनलाई हिजो बेलुकी प्रहरीले इलामको पशुपतिनगरबाट पक्रेको स्रोतले जनाएको छ।
लामो समयदेखि उनी भारतको सिक्किमस्थित आफन्तहरुकहाँ लुकेर बस्दै आएको बताइएको छ ।
नेपाल प्रहरीले युनिटीका गुरुङसहित प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री अर्थ निर्देशक कृष्णबहादुर क्षेत्रीर महेन्द्र केसीलाई बिना इजाजत बैंक तथा वित्तीय संस्था सञ्चालन गरेको (बैंकिङ्ग कसुर) र ठगी मुद्दाको अनुसन्धानको लागि मोस्ट वान्टेड सूचिमा राखेर दुई वर्षदेखि खोजी गरिरहेको छ।
|
Comments