असार १९ – प्रतिपक्षी दलहरुले सरकारको विरुद्ध कडा रुपमा उत्रन थालेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराई जातीयताको वकालत गर्ने पक्षधरहरुसँग मोर्चा बन्दीको प्रस्ताव लिएर गएका छन् ।
प्रधानमन्त्री भट्टराईले आज पहिचानसहितको संघीयताका पक्षधरहरुसँग छलफल थालेका हुन् । प्रधानमन्त्रीले मोर्चाका लागि सहमति जुटाउन आज एमालेका असन्तुष्ट आदिवासी जनजातिहरुसँग छलफल गरे ।
छलफलमा सहभागी हुनेहरुमा एमाले उपाध्यक्ष अशोक राई, पोलिटब्यूरो सदस्य पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, किरण गुरुङ लगायतका नेताहरु सहभागी रहेका थिए ।
छलफलपछि जनजाति नेताहरुले प्रधानमन्त्रीद्वारा संघीयताको पक्षधरहरुको साझा मोर्चा बनाउने विषयमा प्रस्ताव आएको र यो विषयमा अझै छलफल गरेर टुंगो लगाउने बताएका छन् ।
जनजाति नेताहरुले संविधानसभामा पनि आफूहरुले पहिचानसहितको संघीयताका पक्षमा रहेका मधेसी मुस्लिमलगायतसँग मोर्चा बनाएको भन्दै आवश्यक परे अहिले पनि मोर्चा बनाउने बताएका छन् ।
|