असार ४ – हिजोदेखि सुरु भएको मनसुनसँगको अत्याधिक वर्षाका कारण प्युठानमा बाढीले बगाएर दुई बालबालिकाको मृत्यु भएको छ ।
वर्षात्ले गर्दा खोलामा एक्कासि बगेको भेलले बगाउँदा लिवाङ र विजयनगरमा एक÷एकजनाको एकजनाको ज्यान गएको हो । मृत्यु हुनेमा लिवाङ–५ बस्ने १०वर्षीया केशरी खड्का र विजयनगर–७ बस्ने १२वर्षीय चेतबहादुर घर्ती रहेका छन् ।
यसैबीच, दिउँसोदेखि राति अबेरसम्म परेको मेघरगर्जनसहितको वर्षात्ले अधिकांश ठाउँमा पहिरो गएको छ ।
जिल्लाका डेढ दर्जन बढी ठाउँमा पहिरो जाँदा गाउँबाट चल्ने छोटा दूरीका यातायातका सवारीसाधन जिप र मोटरसाइकल चल्न सकेका छैनन् ।
आज दिउँसो पानी नपरे बेलुकासम्म जिप सेवा सञ्चालन ल्याउन सकिने यातायात व्यवसायीले जनाएका छन् । बाटो मर्मतका लागि अहिले बिहानदेखि काम सुरु भइरहेको छ ।
Comments








![[Exclusive] एनसेल अर्ब ठगी काण्ड: आयाेगले अध्यक्ष नदिँदा २ वर्षदेखि दराजमै थन्कियाे फाइल](https://hellokhabar.com/wp-content/uploads/2026/01/Black-and-White-Simple-Elegant-Business-Card_20260105_055326_0000-218x150.png)