असार २ – आफ्नै पार्टीले हिजो खुल्ला मञ्चमा गरेको शक्ति प्रदर्शनमा समेत सहभागी नभएको एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि राजधानीमा सुरु हुने भएको छ ।

भेला हिजै हुने बताइएपनि कार्यकर्ताहरु आउने क्रम जारी रहेकाले कार्यक्रम एक दिन पछाडी सारेर आज एक दिन ढिला सुरु हुन लागेको छ । भेला आज दिउँसो १:०० बजे उद्घाटन गरिने बताइएको छ ।

वैक्ष पक्षको हिजै बसेको पोलिटव्युरो र केन्द्रीय समितिको बैठकले  भेला व्यवस्थित र भव्य बनाउने निर्णय गरेको छ ।

आफ्नै पार्टी नेतृत्वका सरकार भएपनि सरकारका हरेक निर्णय र पार्टीको हरेक कदमको कडा विरोध गर्दै आएको वैद्य पक्षको यो भेलालाई महत्वपूर्ण मानिएको छ ।

यो भेलाले पार्टी फु्ट्ने या त जुटेरै जाने भन्नेसम्को निर्णय गर्ने छ ।

पार्टीभित्र फरक मत राख्दै आएको वैद्य पक्षले लामो समयदेखि पार्टी नेतृत्वको आचोलचना गदै आएको छ भने हिजो आफ्नै पार्टीले आयोजना गरेको बृहत जनसभा तथा शक्ति प्रदर्शन समेत बहिस्कार गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।