असार २ – भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनी आज दुई दिनका लागि नेपाल आउँदैछन् । धोनीको यो पहिलो नेपाल भ्रमण हो ।

धोनी बिहान ९:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने क्यानले जनाएको छ ।

उनी नेपालस्थित भारतीय दूतावास र नेपाल क्रिकेट सङ्घ (क्यान) को संयुक्त आमन्त्रणमा नेपाल आउन लागेका हुन् ।

दुईदिने बसाईका क्रममा कप्तान धोनीले यु–१९ नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी, महिला राष्ट्रिय क्रिकेटर र अन्य सिनियर खेलाडीसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ ।

धोनीको नेपाल भ्रमण तथा उनीसँगको अनुभव साटासाट कार्यक्रमले नेपाली क्रिकेटको विकासमा थप टेवा पुग्ने पनि क्यानले विश्वास लिएको छ ।

धोनीले कीर्तिपुरस्थित अन्तर्राष्ट्रियस्तरको त्रिवि क्रिकेट पिचको अवलोकन गर्नुका साथै पशुपतिनाथको दर्शनसमेत गर्ने कार्यक्रम रहेको बुझिएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।