रहर बहादुर तामाङ |
असार २ – राजधानीमै एक व्यक्तिले विभिन्न प्रलोभन देखाउँदै फकाएर तीन जना बालबालिकामाथि यौन शोषण गरेको खुलेको छ ।
सोलुखुम्बु देउसा–६ घर भई कपन– ३ मा बस्दै आएका अन्दाजी ५० वर्षिय रहर बहादुर तामाङले तीन जना बालिकाहरुलाई नजिकै कैलाश बोर्डिङ स्कुल नजिकैको झाडीमा लगरे यौन शोषण गरेको रहस्य खुलेको हो ।
पीडित बालिकाहरु राम्रोसँग हिड्न नसक्ने, केही पनि नबोलेको तर बिरामीपना जस्तो देखिएपछि उनीहरुका आमाले सोधपुछ गर्दा आफूहरुलाई रहर बहादुर तामाङले त्यस्तो कु कार्य गरेको गरेको बताएका थिए ।
पीडित बालिकाहरु ९ र ११ वर्षियाका दिदि वहिनी र अर्की ९ वर्षिया बालिका उनीहरुकै साथि हुन् ।
यतिबेला तामाङ भने प्रहरी हिरासतमा अनुसन्धान घेरामा रहेका छन् ।
Comments