जेठ ३१ – सुर्खेतमा आज तारा एयरको बिमान चरामा ठोकिन पुगेको छ ।

नेपालगञ्जका लागि जुम्लाबाट उडेको तारा एयरको जहाजमा चरा ठोक्किएपछि आज विहान सुर्खेतमा आकस्मिक अवतरण गर्नुपरेको छ ।

 विहान ११ बजे तारा एयरको ९ एनएसईभी जहाज सुर्खेतमा आकस्मिक अवतरण गरिएको हो ।

जहाजको अघिल्लो भागको सिसामा चरा ठोक्किदा सहचालक अभिषेक राई सामान्य घाइते भएका छन् । चालक प्रभाकर घिमिरेले कुशलता पूर्वक जहाजलाई दुर्घटनाबाट बचाएका थिए ।

जहाजमा यात्रा गरिरहेको १९ यात्रु पनि सकुशल छन् भने जहाजको दाहिने पट्टीको सिसा फुटेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।