जेठ ३१ – गत वर्ष लिएको एसएलसीको नजिता सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले अहिले भर्खरै यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।

 यस वर्ष नियमिततर्फ ४७.१६ प्रतिशत परीक्षार्थी
उत्तीर्ण भएका छन् । यस्तै एक्जाम्टेडतर्फ १३.७० प्रतिशत विद्यार्थी
उत्तीर्ण भएका छन् । २०६८ सालको एसएलसी परीक्षामा नियमित तर्फ चार लाख ४५
हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ जना गरी मुलुकभरबाट कूल
पाँच लाख २८ हजार २ सय ५७ परीक्षार्थी परीक्षामा सहभागि भएका थिए ।


कार्यालयले गत चैत ७ देखि १६ गतेसम्म मुलुकभर एकैसाथ सञ्चालन गरेको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो ।

परीक्षाको नतिजा निम्न वेबसाइटबाट हेर्न पाइनेछ

www.moe.gov.np
www.doe.gov.np
slc.ntc.net.np (जन्ममिति राखेर प्राप्तांक पनि हेर्न सकिने)
slcresult.soce.gov.np (जन्ममिति राखेर प्राप्तांक पनि हेर्न सकिने)

एसएमएसबाट थाहा पाउन

मोबाइलको SMS बक्समा जानुहोस् । SLC टाइप गरी तपाईंको सिम्बोल नम्बर 5225 मा पठाउनुहोस् ।

टेलिफोनबाट थाहा पाउन

१६०० मा डायल गरी प्राप्त निर्देशनका आधारमा रिजल्ट थाहा पाउन सकिने छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।