काठमाडौं । केही समय अघि प्रतिनिधि सभाको शून्य समयमा सांसद गगन थापाले कारबाही गर्न माग गरेका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सुत्केरी बिदा नदिई उल्टै मानसिक यातना दिएको आरोपमा त्यौड माविका प्रधानाध्यापक सुरेन्द्र केसी पक्राउ परेका हुन् ।
चिकित्सकको सिफारिसअनुसार बिदा माग गर्दा पनि प्रअले उल्टै मानसिक यातना दिएको पीडितको गुनासो छ । मानसिक यातनाका कारण शिशुको समेत मृत्यु भएको जनाइएको छ ।
प्रहरीले पीडित शिक्षिका लक्ष्मी अर्यालले महानगरीय प्रहरी परिसरमा भदौ २२ गते दिएको उजुरीका आधारमा केसीलाई विद्यालय परिसरबाट पक्राउ गरेको जनाएको छ । सांसद थापाले तत्काल मानसिक यातना दिने प्रअलाई पक्राउ गरी कारबाही गर्न माग गरेका थिए ।




