बुटवल स्थायी घर भई काठमाडौँको नीलोपुलमा फर्निचर उद्योग सञ्चालन गरेका एक युवाले नेपालको पनि एक फर्निचर काराखाना भित्र हेलिकप्टर बनाएका छन् ।
औपचारिक शिक्षा कक्षा ४ मात्रै पढेका अनिल गौतमले स्वदेशमै हेलिकप्टर बनाएका हुन् ।
२६ वर्षे अनिलले १८ महिना लगाएर सो हेलिकप्टर निर्माण कार्य सम्पन्न गरेका हुन् । उनले हेलिकप्टरमा २ सय सीसीको पल्सर मोटरसाइकलको इन्जिन प्रयोग गरेका छन् ।
अनिलले अनुमति पाए हेलिकप्टर उडाउन तयार रहेको बताएका छन् । त्यस हेलिकप्टरको नाम भने त्रिलोक एयर नाम दिइएको छ । त्यसमा ३ जना बस्न सकिने छ ।
आफू जस्ता नयाँ काम गर्न चाहने युवालाई सरकारले सहयोग गरे सजिलो हुने उनको भनाई छ ।
Comments