अब केही घण्टामात्रै नयाँ संविधान जारी गर्नुपर्ने समय बाँकी छँदा दलहरु सहमति नजिक नपुगेपछि त्यसको असर नराम्ररी फैलन थालेको छ । दलहरुले सहमति जुटाउन नसक्दा संविधानसभा भवन अगाडी झडप समेत निम्तिएको छ ।
संविधानसभाको गेट नम्बर ३ मा ब्राह्मण क्षेत्री समाज निषेधित क्षेत्र अगाडी बढ्न थालेपछि त्यहाँ प्रहरीले हस्तक्षेप गर्न बाध्य भएको थियो । त्यहाँ अहिले पनि तनाव जारी छ ।

झडपमा एक जना डिएस्पीसहित तीन जना घाइते भएको समाचारमा जनाइएको छ भने भने प्रदर्शनकारीतिर घाइते भएको तर कति जना भन्नेबारे भने खुलेको छैन ।
प्रहरीले त्यहाँ तनावको स्थितिलाई नियन्त्रणमा लिन ४ सेल अश्रुग्याँस प्रहार गरेको छ भने लाठी समेत चार्ज गरेको छ ।

संविधान सभाको आयु अब केही घण्टा मात्रै बाँकी रहँदा पनि नयाँ संविधान जारी हुने नहुने अन्योल यथावत छ भने संविधानसभाको बैठक समेत बस्न सकेको छैन ।
तर दलहरु अहिले पनि छलफलमा जुटिरहेकाले संविधान आउने या त नआउने भन्नेमा भने यसै भन्न सकिने अवस्था छैन ।
यसअघि संविधानसभा अगाडी भएको झडपको दृश्य यही हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।