एमसीसी उपाध्यक्ष फातिमाको उपरखुट्टी बसाईले भरियो फेसबुक र ट्वीटर

काठमाडौं २४ भदौ । नेपालको चार दिने भ्रमणमा आएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा जेड सुमारसहितको प्रतिनिधि मण्डल नेपालमा छ ।

फातिमा नेपालआएसँगै सिँधै पुर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगिन् । उक्त भेटमा ओलीले आफू सरकारमा हुँदा एमसीसी पास गराउन खोजेको र अहिले भने सत्तारुढ दलले स्पष्ट धारणा बनाएपछि मात्रै आफूहरुले धारणा बनाउने भन्दै ढुलमुले जवाफ फर्काए ।

उक्त भेटको विषय अहिले सामाजिक सञ्जाल फेसबुक ट्विटरमा भने फरक ढंगले चर्चामा छ । पुर्वप्रधानमन्त्री तहको नेतासँगको भेटमा एमसीसी उपाध्यक्ष फातिमाको बसाई तथा शिष्टचारको विषयले अहिले चर्चा पाइरहेको हो ।

भेटमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली दुवै खुट्टा सिँधा पारेर बसेका छन् । तर फातिमाले भने उपरखुट्टी लगाएर बसेकी छिन् । सोही उपरखुट्टी बसाईप्रति फातिमाको अहिले सामाजिक सञ्जालमा आलोचना समेत भइरहेको छ । फातिमाले कुटनीतिक शिष्टाचारको सिमा नाघेको भन्दै उनको आलोचना भइरहेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।