काठमाडौं १६ कात्तिक । प्रधानन्यायाधीशले अघि सारेको सम्मानजनक बहिर्गमनको प्रस्तावमा जालझेल र षडयन्त्र लुकेको वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बताएका छन् ।

राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई एक दिन पनि पदमा राख्न नहुने बताएका छन् । सम्मानजनक बर्हिगनको नाममा अनेक प्रस्ताव आएको भन्दै उनले भने, आजको निकास प्रधानन्यायाधीशको राजीनामा हो । सुधार गर्नै समय चाहियो भनेर जालझेलको शव्द प्रयोग गर्नु भएको छ ।’

उनले प्रधानन्यायाधीशसँग सम्वाद गरिरहेका न्यायाधीशहरूलाई पनि सतर्क रहन आग्रह गरे । इजलास बहिस्कार गरेका न्यायाधीशहरूको तर्फबाट तीन न्यायाधीशले जबरासँग वार्ता गरेका थिए । उनीहरूतर्फ संकेत गर्दै श्रेष्ठले अघि भने, सतर्क रहनुहोला, बारलाई बाइपास गरेर कुनै निर्णय नगर्नुहोला ।’


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।