कात्तिक २५ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले फेरि सर्वाेच्चकाे विधि मिचेका छन् । उनले असन्तुष्ट न्यायाधीशहरुलाई अप्ठेरो पार्न अरु मुद्दाहरुलाई प्राथमिकतामा राखेर बन्दी प्रत्यक्षीकरणको निवेदनलाई त्यसपछिको प्राथमिकतामा राखेर पेशी तोकेका छन् ।
सिद्धान्ततः बन्दीप्रत्यक्षीकरणको निवेदन उच्च प्राथमिकतामा पर्छ । पेशी तोक्दा बन्दीप्रत्यक्षीकरणको निवेदनपछि मात्रै अरु मुद्दाको पालो तोक्ने चलन छ ।
न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र डा. कुमार चुडालको इजलासमा सवारी ज्यानको मुद्दापछि मात्रै बन्दी प्रत्यक्षीकरणको निवेदनको पेशी तोकिएको छ ।
Comments








