काठमाडौँ ९ पुस । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादव शुक्रबार बिहान आफ्नै सरकारी निवासभित्र मृत फेला परेका छन् । संघीय प्रहरी इकाई कार्यालय लुम्बिनीका प्रमुख समेत रहेका उनी निवासभित्र झुन्डिएको अवस्थामा फेला परेको परेका हुन् ।
यादव २०४९ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन् । ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते यादवले अवकाश पाउन लागेका थिए । उनको मृत्युको यकिन कारण भने खुलेको छैन । प्रहरीका अनुसार उनी शुक्रबार बिहान जिम गरेर कोठामा बसेका थिए । खाना खाने वेलासम्म नआएपछि हेर्न जाँदा मृत अवस्थामा देखिएका थिए हालसम्म उनको मृत्युको कारण खुलिसकेको छैन । उनकाे परिवार काठमाडाैंमा रहेकाे छ भने परिवार पुगेसँगै विस्तृत अनुसन्धान गरिने प्रहरीले जनाएकाे छ।




