Wednesday, September 23, 2026
20.1 C
Kathmandu
Home मुख्य समाचार लक्ष्मी, केपी र घोराही सिमेन्टमा शंस्कास्पद लगानी, राज्य बेखबर

लक्ष्मी, केपी र घोराही सिमेन्टमा शंस्कास्पद लगानी, राज्य बेखबर

काठमाडौं ९ पुष । कालो धनलाई विभिन्न माध्यमबाट नेपालमा ल्याएर सेतो बनाउने गरेको विषय कुनै नौलो हैन, अहिले आएर तीन वटा सिमेन्ट उद्योगमा पनि त्यस्तै शंस्कास्पद लगानी रहेको अध्ययनहरुले देखाएको छ ।

लक्ष्मी सिमेन्ट, धादिङ जिल्ला नौबिसेको केपी सिमेन्ट उद्योग र दाङको घोराही सिमेन्टमा शंस्कास्पद लगानी रहेको पाइएको हो ।
बैंकक् बस्दै आएका लक्ष्मी सिमेन्टका मानव आचार्य तथा उनकी आमा सुमित्रादेवी आचार्यको लगानीमा धादिङको केपी सिमेन्ट इण्डष्ट्रिज प्रालि सञ्चालन रहेको पाइएको छ । त्यसैमा भारतीय लगानीकर्ता अनिल गुप्ताकी पत्नी सरिना भुसाल (नेपाली नागरिक) को पनि उक्त उद्योगमा लगानी रहेको छ ।

खोज पत्रकारिता केन्द्र (खोपके) ले सार्वजनिक गरेको रिपोर्ट अनुसार केपी सिमेन्ट उद्योगका निर्देशक क्षितिज भुषालले क्षितिज र सरिना दिदीभाइ रहेको र उनले पहिला लक्ष्मी सिमेन्टमा लगानी रहेकाे तथा अहिले केपी सिमेन्टमा रहेको बताएका छन् ।

खोपकेले यो जेलिएको कथा दाङ लक्ष्मीपुरको घोराही सिमेन्टसँग पनि सम्बन्धित रहेको लेखेको छ । खोपकले लेखेको छ, ‘यो सम्बन्ध स्थापित गर्न हामीले घोराही सिमेन्टका लगानीकर्ताहरूको विवरण केलायौं । घोराहीमा सुरेशकुमार अग्रवाल र उनको परिवारका सदस्यहरूलगानीकर्ता छन् । उनीहरू नै केपी सिमेन्टका लगानीकर्ता पनि हुन् घोराही सिमेन्ट त्यो कम्पनी हो जसले ट्याक्स हेवनको मुलुक ब्रिटिश भर्जिन आइल्यान्डस्बाट २०७० जेठमा नेपालमा ८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिकलगानी भित्र्याएको थियो । घोराही सिमेन्ट कम्पनीका अध्यक्ष पुरुषोत्तमलाल संघाई हुन् । जसले ब्रिटिश भर्जिन आइल्यान्डस्कोएमर्जिङ मार्केट डेभलपमेन्टबाट प्रत्यक्ष वैदेशिक लगानी ल्याएका छन् ।’

उक्त सिमेन्ट उद्योगहरुमा शंस्कास्पद लगानी रहेको विषय यसअघि नै सञ्चारमाध्यममा आईसके पनि सरकार भने मौन भएर सुने नसुनै गरेर बस्दै आएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।