काठमाडौं ३ पुष । कोरोना संक्रमित भारतका प्रसिद्ध गीतकार इब्राहिम अश्कको निधन भएको छ । गीतकार अश्कको ७० वर्षको उमेरमा निधन भएको हो । अश्क मुटुका बिरामी पनि थिए । उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनकी कान्छी छोरी मुसाफा खानले बुबाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेकी छन् ।

मुसाफाले भनेकी छिन्, ‘बाबालाई शनिबार बिहान धेरै खोकी र रगत बान्ता भइरहेको थियो । अस्पताल भर्ना गरेर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।’ इब्राहिम अश्कले फिल्मका लागि लेखेका धेरै गीत सुपरहिट छन् । उनले ुकहो ना प्यार हे, के कोई मिल गया, कृष, वेलकम, ऐतबार, जानशिन, ब्ल्याक एन्ड ह्वाइट, आप मुझे छे लगने लगाइ, बम्बे टु बैंककु जस्ता फिल्मका लागि गीत लेखेका थिए ।

मध्य प्रदेशको मन्दसौर जिल्लामा जन्मेका इब्राहिम अश्क फिल्मका लागि गीत लेख्नुका साथै कवि र लेखकसमेत थिए । उनले आफ्नो करियर पत्रकारका रूपमा सुरु गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।