काठमाडौँ ३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो । मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ ।

मन्त्री आलेको सचिवालयले केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्री आले पछिल्लो पटक आक्रामक शैलीका कारण चर्चामा रहँदै आएका छन् । हिजो मात्र उनी पशुपतिस्थित धर्मशालाको निरीक्षण गर्न पुगेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।