काठमाडाैं ३ माघ । सोमबार सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको १०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार रुपैयाँ निर्धारण भएको छ ।

यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ४०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँ रहेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।