काठमाडौं १२ माघ । धेस प्रदेशका प्रदेश सांसद अशोक यादव सवार गाडी र हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं सवार गाडीमा तोडफोड भएको छ ।
सिके राउत नेतृत्वको जनमतका कार्यकर्ताले गाडीमा तोडफोड गरेका हुन् । यादवको गाडीमा जानकी मन्दिर अगाडि तोडफोड भएको हो । सांसद यादवको हातमा समेत चोट लागेको छ ।
यस्तै, मेयर सवार गाडी जनकपुरमा तोडफोड हुँदा मेयर गणेश प्रसाईं घाइते भएका छन् । गाडीमा उपमेयर रेनुका पौडेल पनि थिइन् । उनीहरु राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम आउने क्रममा तोडफोड भएको हो ।