काठमाडौं १२ माघ । राष्ट्रियसभाको निर्वाचनमा सबै प्रदेशमा पराजित बनेको नेकपा एमालेका उम्मेदवार गोलाप्रथामा पनि पराजित बनेका छन् । प्रदेश १ बाट राष्ट्रियसभाको अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भए । बुधबार नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट विजेताको टुंगो लगाउने क्रममा एमालेका उम्मेदवार बराल पराजित बने ।

एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । तर गोला प्रथा गर्दा बस्नेत निर्वाचित भए ।

बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरे । बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।