के डुब्नै लागेको हो ? एनआईसी एसिया बैंक !

काठमाडौं । ‘किस्टकै बाटोमा एनआईसी एसिया बैंक, दिनदिनै जोखिम उन्मुख’ भनेर हामीले २०७४ सालमा प्रकाशित गरेको यो समाचार आजका दिनमा सत्यसावितको दिशामा बढेको छ ।
हामीले त्यतिबेला मिडिया क्याप्चर गरेर गलत कुरा ढाकछोप गरेको, बैंकमा सुशासन, नीतिरयोजनामा कमजोर देखिएको, कमजोर विश्लेषणमा आक्रमण बजार विस्तारले जोखिम निम्त्याएको, सञ्चालक समितिमै एक रुपता नहुनु, सुस्त र झन्झटिलो सेवा प्रणाली आदी कारण बैंकको जोखिम बढ्दै गरेको उल्लेख गरेका थियौं ।

कुनै बेला नेपालकै नम्बर एक बन्ने गरी बजार विस्तार गरेको किस्ट बैंक अहिले नाम निशाना समेत छैन । किष्ट बैंक अहिले प्रभु बैंकमा गाभिएर अस्तित्व बिहिन अवस्थामा छ ।

के हो अहिलेको एनआईसी एसियाको इस्यू

दिनदिनै संकट उन्मुख एनआईसी एसिया बैंकले प्राथमिक पुँजीकोष (टायरवान) मिलाउन वासल रिपोर्ट नै झुटो बनाएको पाइएको छ । बिजन्यूजका अनुसार ६० प्रतिशतमात्रै जोखिमभार भएको आवासीय घरजग्गामा बढी कर्जा देखाएर एनआईसी एसियाले आफ्नो वासेल रिपोर्टमा कृत्रिम सजावट गरेको हो ।

गभर्नर महाप्रसाद अधिकारीले एनआईसी एसिया बैंकको वासल रिपोर्टको अध्ययन तीब्ररुपमा अगाडि बढिरहेको बताएका छन्। एनआईसी एसियाको विषयमा हाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले अनुसन्धान गरिरहेको गभर्नर अधिकारीले बताएका छन्। नेपाल समाचारपत्रले राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई कारबाही गर्ने तयारी गरेको जनाएको छ ।

विगतदेखि नै खराब कार्यमा एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकले विगतदेखि जनतालाई झुक्याउने र ठग्ने कार्य गर्दै आएको छ । बैंकले कोरोना महामारीका बेलामा पनि ऋणीबाट निकै चर्को ब्याज असुलेको थियो ।
बैंकले सयौं जना धितोकर्ताको धितो मिलेमतोमा हडपेको आरोप पनि छ । त्यसो त बैंकले एक जना डाक्टरमाथि पनि ठगि गरेको थियो ।

बैंकले विगत लामो समयदेखि सेयरधनीलाई लाभांश नदिएर रित्तो हात पार्ने गरेको छ । बैंककै लापरबाहीका कारण सर्वसाधरण लाभांशबाट वञ्चित हुने गरेका छन् । डाक्टरमाथि नै एनआईसी एसिया बैंकको यस्तो छ ‘लुटधन्दा’ झनै डरलाग्दो छ । हेर्नुहोस् समाचार

बैंकको बोर्ड मेम्बर

गम्भीर अपराधमा जोडियो बैंक
पछिल्ला दिनमा चौतर्फी विवादित बन्दै आएको एनआईसी एसिया बैंक नक्कली नोट जस्ताे गम्भीर अपराधमा पनि जोडिएको छ । सुनसरीबाट प्रहरीले बरामद गरेको एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोटको गड्डीमा एनआईसी एशिया बैंकको ट्याग राखिएको फेला परेको हो । इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट बरामद भएको नक्कली नोटमा एनआईसी एशिया बैंकको ट्याग राखिएको फेला परेको अर्थ सरोकारले जनाएको छ ।

उक्त नक्कली नोटमा राखिएको ट्याग पनि नक्कली नै हो वा नक्कली नोटका कारोबारीले बैंकका कुनै शाखाबाट सो ट्याग ल्याए वा बैंकका कर्मचारीको यस विषयमा कुनै कनेक्सन छ भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सो नक्कली नोटको गड्डीमा एनआईसी एशिया बैंकको ट्याग मात्रै प्रयोग भएको छैन, बरु बैंकको छाप र कर्मचारीले गर्ने सही पनि गरिएको छ । सो छाप र सही एनआईसी एशिया बैंकका कर्मचारीको हो वा होइन भन्ने विषयमासमेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।

शंकास्पद अवस्थाको स्कोरपियो गाडी राखेर खानतलासी गर्दा पछाडिको भागमा लुकाईछिपाई ल्याइएको नक्कली नोटहरु बरामद भएको थियो । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले भनाई छ । पक्राउ पर्नेमा चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद छन् । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

राष्ट्र बैंकबाट यसअघि नै कारबाही
निर्देशनविपरीत काम गरेपछि एनआईसी एसिया बैंकलाई यसअघि नै राष्ट्र बैंकले कारबाही गरिसकेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले नीति नियम विपरित काम गरेपछि राष्ट्र बैंकको एनआईसीलाई कारबाही गरेको थियो ।

एनआईसी एसिया बैंकल पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेसी अनुपात) सम्बन्धी निर्देशन पालना नगरेकापछि कारबाहीमा परेको थिया । एनआईसी एसिया बैंकले एकीकृत निर्देशन नं १५ को बुँदा नं ३ को ९८० मा उल्लिखित व्यवस्थाविपरीत हुने गरी ग्राहकसँग बढी लिएको ब्याज जोखिम प्रिमियम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकामा कतिपय ग्राहकको खातामा फिर्ता नगरेको हुँदा कारबाही गरेको थियो ।

यी कसुरमा राष्ट्र बैंकले एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतलाई नसिहत र सञ्चालक समितिलाई सचेत गराएपनि बैंकले अहिले पनि राष्ट्र बैंकको निर्देशन पालना गर्ने गरेको छैन ।

डुब्न सक्छ त एनआईसी एसिया बैंक ?
अनलाइनखबरको अनुसार एनआईसी एसिया बैंकको नाफा ४१ प्रतिशत घट्यो, वितरणयोग्य नाफा ऋणात्मक बनेको छ । आक्रमण बजार बिस्तार गरेको बैंक घाटामा जान थालेसँगै आफ्ना शाखा कार्यालयहरु बन्द गर्नेमा पुगेको समाचारहरु समेत प्रकाशित हुन थालेका छन् । यस्तो बेला बैंक क्रमश डुब्न सक्ने अर्थ क्षेत्रका जानकारहरु बताउँछन् । बैंकका कतिपय इन्डिकेटरहरु पछिल्ला दिनमा खराब देखिन थालेका छन् । यसले ४१ लाख भन्दा बढी बचतकर्ताको बचतको भविष्यमाथि प्रश्न उठ्न थालेको छ । कतिपयले भने बैंक यति छिट्टै डुबि नहाल्ने बताएपछि सचेत भने हुनुपर्ने बताएका छन् ।

सिइओ रोहन कुमार न्यौपाने

के भन्छ एनआईसी एसिया बैंक

एनआईसी एशिया बैंकले हाल केही सञ्चार माध्यमहरूमा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको लगायतका विषयहरूमा प्रकाशित समाचार भ्रामक भएको भन्दै खण्डन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको भन्ने समाचार सत्य नरहेको दाबी गरेको छ ।

बैंकका विषयमा ग्राहकहरुको विभिन्न गुनासो पटक-पटक आउने गरेपनि बैंकले भने आफ्ना ४१ लाख भन्दा बढी ग्राहकहरुको उत्कृष्ट सेवामा अनवरत रुपमा दत्तचित्त भएर लागिरहेको जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।