काठमाडौं २६ वैशाख । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ ।
आयोजनाको निर्माण सम्पन्न भएपछि करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने उद्देश्य रहेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु को उपस्थितिमा सुरूङ ब्रेक थ्रु गरिएको हो। प्रधानमन्त्री प्रचण्डले टीबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न पसेको टीबीएम मेसिन सुनकोशी नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएको थियो ।
ुब्रेक–थ्रुु कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यो आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन्। उनले देशको सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बढ्ने विश्वास व्यक्त गरे।
१३।३ किलोमिटर लम्बाईको उक्त सुरूङ २०७९ असोज २८ गतेदेखि टिबिएममार्फत् निर्माण थालिएको हो। उक्त मेसिनका लागि आवश्यक उपकरण चीनबाट आयात गरी मेसिनको डिजाइन तयार गरिएको थियो।
सुरूमा यो आयोजनाका लागि ४६ अर्ब लागत लाग्ने उल्लेख गरिएको थियो। अहिले बढेर ४९ अर्ब ४२ करोड पुगेको आयोजनाले जनाएको छ ।