ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसले बाजी मारेको छ । कांग्रेसका चिरिबाबु महर्जनले निकटतम् एमाले मेयरका उम्मेदवारलाई हराउँदै बाजी मार्न सफल भएका हुन् । यस्तै उपमेयर पनि कांग्रेसले नै जितेको छ ।
मंगलबार राति साढे १ बजे घोषित अन्तिम नतिजाअनुसार महर्जनले २४६६६ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारको पक्षमा २४३०१ मत पाए ।
निक्कै प्रतिस्पर्धा देखिएको ललितपुरमा कांग्रेसका चिरीबाबु महर्जन अन्तिम समयमा ३६५ मत अन्तरमा जित हासिल गर्न सफल भएका हुन् ।
त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याल १९२३६ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४४३३ मत पाएकी छन्।
ललितपुरका ६ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ३, एमालेले २ र माओवादी केन्द्रले एउटामा जित हासिल गरेका छन् ।
Comments