काठमाडौं । नेपालमा वैशाख १२ को भुकम्पपछि चीनसँगको मुख्य नाका तातोपानी बन्द भयो, अझै पनि नाका खुलाइएको छैन ।  यतिमात्रै होइन, भूकम्पबाट प्रभावितहरु अझै पनि राहत नपाएर छटपटाईरहेका छन् । चिसोले कतिपय ठाउँमा त ज्यान नै गएको समेत खबरहरु आईरहेका छन् ।  यता, तराई आन्दोलन र भारतीय नाकाबन्दीले ३/४ महिना बढी समयदेखि जनता पीडित बनिरहेका छन् यस्ता संवेदनशिल विषयमा पनि सरकारले जवाफदेही भूमिका निर्वाह गरेको पाइदैन ।

यस्तै अवस्थामा एक स्कुले छात्राका लागि मात्रै पनि जापानमा सरकारले रेल सेवा दिईरहेको छ भन्दा अपत्यारिलो पनि लाग्न सक्छ । तर यो कुरा सत्य हो, जापानको होक्काइडोको उत्तरी आइसल्याण्डको स्टेशन कामी–सिराताकीमा रेल विगत ३ वर्षदेखि एक युवतीलाई लिन मात्र रोकिने र फर्कने गरेको छ।

थुप्रै अन्तर्राष्ट्रिय संचारमाध्यमको हेडलाइन बनेको यो समाचारका अनुसार तीन वर्ष पहिला कामी–सिराताकी गाउँको रेल स्टेशनमा यात्रिको संख्यामा ह्वात्तै घट्यो । त्यसपछि जापान रेलवेले सो स्टेशनमा रेल सेवा बन्द गर्ने निर्णय गर्यो। निर्णयपछि भने रेवलेले सो स्टेशनबाट एक हाइ स्कुलकी छात्रा स्कुल जाने कुरा थाहा पायो।

रेलवेले र सरकारले सो कुरा थाहा पाएपछि ती छात्राको सहुलियतका लागि सो स्टेशनमा तवसम्म रेव सेवा संचालन जारी राख्ने निर्णय गर्यो जबसम्म उनी ग्रयाजुएशन हुन्नन्। जापान सरकारले ती छात्राको स्कुल समय अनुसार रेलको समय पनि छात्राको स्कुल समय अनुसार परिवर्तन गरेको  छ।

संचारमाध्यका अनुसार यी छात्रा यही वर्षको मार्चमा ग्रयाजुएशन हुँदैछिन् । त्यसपछि सो रेल स्टेशन सधैंका लागि बन्द गरिने भएको छ।

सञ्चारमाध्यममा यो खबर छाएसँगै सामाजिक सञ्जालहरुमा नेपालीहरुले भने राज्य होस् त यस्तो भन्दै जापान सरकारको सराहना गरेका छन् । जापान सरकारको यस्तो निर्णयप्रति त्यहाँका जनता नै निक्कै खुसी छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।