भदौ ३० । मधेसले मुलुकबाट अलग राज्य बन्न सक्नेसम्मको अधिकार पाउनुपर्ने भन्दै अभियान चलाउँदै आएका सिके राउतलाई मोरङ प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ । 
राष्ट्रविरोधी गतिविधि गरेको आरोपमा ऊ विरुद्ध सार्वजनिक मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
मोरङको सोराभाग छेउमा आयोजित ग्रामीण भेला कार्यक्रमलाई सम्बोधन गरी फर्किरहेका राउतलाई शनिबार साँझ मोरङ प्रहरीले पक्राउ गरेको थियो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।