सर्वपक्षीय राजनीतिक सभा कहिले गर्ने भनी विवादमा रहेका दलहरु  अन्नतः सहमतिमा पुगेका छन् । चार दलीय कार्यदलले राजनीतिक सभाको मितिमा सहमति गरेको छ । आगामी भदौ ३१ गते सर्वदलीय सभा गर्ने सहमति भएको हो । सो सभा  संविधानसभा भवनमा हुने भएको छ ।

 यसअघि कांग्रेस र एमालेले ३१ गते गर्ने प्रस्ताव गरेका थिए । तर, बैद्य माओवादीले भने असोेज १ गते गर्नु पर्ने अडान राखेको थियो ।

राजनीतिक सभामा संविधानसभामा रहेका सम्पूर्ण दल र  संविधानसभा बाहिर रहेका नेकपा माओवादी सहितको ३३ दलीय मोर्चाका दलहरु सहभागी हुनेछन ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।