जेठ ७ ।  अभिनेत्री तथा चर्चित गायिका सेलेना गोमेज कसैलाई पत्तै नदिई नेपाल आएको खुल्न आएको छ ।

युनिसेफकी गुडविल एम्बाडसर सेलेनाको नेपालमा खिचाइएका तस्बिर फ्यानहरुले ट्विटरमा सार्वजनिक गरेका छन् । दुई दिन अगाडी उनी नेपाल आएको र फर्कि सकेको बताइएको छ । तर युनिसेफको नेपालस्थित कार्यालयले सेलेना नेपालमा आएको आधिकारिक जानकारी दिएको छैन ।

यता, यो विषयले ट्विटरमा निक्कै चर्चा पाए पनि उनले भने केही खुलाएकी छैनन् । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।