काठमाडौं । ‘मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९ (संशोधन २०७४)’ मा मन्त्रीले ‘सवारीका निमित्त एक मोटर, मासिक २३० लिटर पेट्रोल र त्रैमासिक रूपमा ५ लिटर मोबिल’ मात्र पाउने उल्लेख छ ।
मन्त्री महासेठ सहभागी भएकै सरकारले २५ वैशाख २०७५ को मन्त्रीपरिषद बैठकबाट सार्वजनिक खर्चमा मितव्यतिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन २०७५ जारी गरेको थियो । मार्गदर्शनको बुँदा नम्बर दुईमा उच्चपदस्थ पदाधिकारीहरु आफैं मर्यादित, मितव्यायी एवं उदाहरणीय रुपमा प्रस्तुत भई अनुकरणीय कार्यशैली प्रस्तुत गर्ने उल्लेख छ ।
मार्गदर्शनको बुँदा नम्बर १३ मा स्वीकृत मापदण्ड बमोजिम बाहेक सरकारी सवारी साधनमा निजी नम्बर प्लेट नराख्ने र सरकारी सवारी साधन अनधिकृत व्यक्तिले प्रयोग नगर्ने उल्लेख छ । मन्त्री महासेठले भने सरकारी सवारीलाई नीजि बनाएको र परिवारका सदस्यलाई समेत शक्ति र पहुँचको दुरुपयोग गरेर गाडी प्रयोग गर्न दिइरहेका छन् ।
यस्तो छ सचिवालयको प्रतिक्रया
मन्त्री महासेठको सचिवालयले सरकारी गाडी दुरुपयोग नभएको दाबी गर्छ । मन्त्री महासेठका स्वकीय उज्वल सिंहले सुरुमा गाडी दुरुपयोग भएको बारे आफूलाई थाहा नपाएको बताए पनि पुनः मन्त्रीसँग दुई वटा गाडी भएको बताए । राजधानी दैनिकसँग उनले भनेका छन् ‘एउटा गृहले दिएको छ, त्यसबाहेक एउटा मात्र छ, गृहले दिएको गाडी विशेष विशेष बेला मात्र प्रयोग गर्ने कुरो भयो अर्को उहाँ (मन्त्री) ले प्रयोग गरिरहनु भएको छ, यो विषयमा उहाँ (मन्त्रीसँगै) कुरा गर्नुहोस् ।’
यातायातमन्त्रीलाई क्वार्टरमा १, जनकपुरमा १, अहिले चढ्ने अर्कै सरकारी गाडी
यातायातमन्त्री पत्नीलाई पनि करोडको सरकारी गाडी
यातायात मन्त्री महासेठले नै सरकारी गाडीमा नीजि नम्बर प्लेट लगाए