काठमाडौं । नेपालमा पुनः ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । झापामा ८ जना र रुपन्देहीमा १ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् । यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४५३ पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।