काठमाडौं । क्वारेन्टाइनमा बसेकी ३१ वर्षीया एक जना महिलाले आफूमाथि सामूहिक बलात्कार भएको बताएएकी छिन् ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी उनले शनिबार मध्यरातमा समूहिक बलात्कार भएको भन्दै न्यायको समेत माग गरेकी छिन् ।

उनी १२ दिनअघि भारतको बैंङ्ग्लोरबाट आएकी थिइन् । उनीसँगै कोठामा बसेकाहरु परीक्षण गरेर घर गइसकेका थिए । कोठामा एक्लै भएपछि आफूले एक्लै डर लाग्ने बताएको र अर्को कोठामा जान अनुमति दिइएको थियो ।

उनी गएको कोठाको ढोकामा चुकुल नभएको र राती सामुहिक बलात्कार भएको आरोप लगाएकी छिन् ।

उनले झ्यालमा स्वयंसेवक आएर ढोका खोल्न भनेको र नमानेपछि जबरजस्ती छिरेर बलात्कार गरेको आरोप लगाएकी छिन् । उनले अर्को एक जना स्वयसेवकले भिडियो खिचेको र आफूसँग पैसा मागेको भन्दै पैसा नदिए भिडियो भाइरल गर्ने धम्की दिएको समेत बताएकी छिन् ।

यी समाचार छुनाउनु भयो की

१०२ जनासँगै कुवेतबाट आएकी महिलामा कोरोना पुष्टि, आईसियुमा उपचार हुँदै
आज मात्र थपिए ४ सय २५ जना कोरोना संक्रमित

काठमाडौं भित्रन र बाहिरिन अब यस्तो नियम (सूचनासहित)

क्वारेन्टाइनमा बसेका १८ वर्षीय युवकको ज्यान गयो

कोभिड–१९ बाट थप एकको मृत्यु

काठमाडौंको प्रयोगशालामा १ सय ७३ जनामा कोरोना पुष्टि

जिल्लाकै पहिलो कोरोना संक्रमित, परीक्षणबिनै घर पठाइयो


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।