काठमाडौं । समाजवादी पार्टीकी विवादित सांसद सरिता गिरीको सांसद पद नै धरापमा परेको छ ।

गिरीलाई उनको पार्टी समाजवादीले पदबाट निलम्वन गर्ने तयारी गरेको छ । उनलाई पार्टी र सांसद दुवै पदबाट हटाउने तयारीमा पार्टी रहेको बुझिएको छ ।
नेपाली भुमि कालापानी, लिपुलेक तथा लिम्यिाधुराको विषयमा भारतको पक्ष लिएपछि उनलाई पार्टीले कारबाही गर्न लागेको हो ।

उनले लिम्पियाधुरासहित समेटेर तयार पारिएको नेपालको नयाँ नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उत्रदै खारेज गर्न संशोधन दर्ता गरेकी थिइन् भने पार्टीको ह्विप पनि उल्लंघन गरेकी थिइने । त्यसै कारण कारण उनलाई कारबाही गर्न लागेको हो ।

उनले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेकी थिइन । तर, पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको उक्त पार्टीले जनाएको छ ।

त्यसअघि नै उनलाई संशोधन फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए कारबाही गर्ने पार्टीले चेतावनी दिइसकेको थियो ।

अहिले समाजवादीले उनलाई कारबाही गर्न नसकेको भन्दै पार्टीको पनि चर्को आलोचना भइरहेको छ भने जनताले तिरेको करबाट सरिता गिरीले तलब खाने अनि जनता र राष्ट्रको हित विपरित क्रियाकलाप गरेको भन्दै देश निकाला गर्न माग भइरहेको छ ।

यी समाचार छुटाउनु भयो की

सरिता गिरीको अन्तर्वार्ता टिभीमा आएपछि टिभी नै फुटाए नेपाली युवाले (फोटोफिचर)

लिपुलेक कालापानीसहितको नक्सा खारेजीको माग गर्दै सरिता गिरीको संशोधन दर्ता

कमल थापाले भने, ‘सरिता गिरीलाई संसदमा बस्ने नैतिक अधिकार छैन’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।