नेपालमा कोरोनाबाट फेरि एक पुरुषको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाको संक्रमणका कारण थप एक जना पुरुषको मृत्यु भएको छ । उपचारकै क्रममा स्याङ्जाका ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारत ५५ स्याङ्जाका ५५ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले जानकारी दिएका छन् ।

स्याङ्जाको आँधीखोला गाउँपालिका–१ सिरुवारीका ती व्यक्ति असार ८ गते अस्पतालमा भर्ना भएका थिए । उनमा निमोनिया र मधुमेहको पनि समस्या रहेको अस्पतालले जनाएको छ । उनीसहित गण्डकी प्रदेशमा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ ।

यसअघि पनि स्याङ्जाकै एक व्यक्तिको कोरोनाका कारण मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।