काठमाडौं । सरकारले साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ। अहिलेकै अवस्थालाई साउन ७ सम्म लम्ब्याउने सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो।

‘अहिलेकै अवस्थामा लकडाउन साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरिएको बैठकपछि एकमन्त्रीले जानकारी दिए । सरकारले गत ११ चैतदेखि लकडाउन गर्दै आएको छ । तर, पछिल्लो समय नीजि सवारी जोर बिजोर सञ्चालन गर्न अनुमति दिएको छ । त्यस्तै, पैदल हिडडुल गर्न पनि, कार्यालय सञ्चालन गर्न अनुमति दिएर केही खुकुलो बनाएको छ । पछिल्लो पटक खुकुलो बनाइएको लकडाउनलाई यथावत् राखिने भएको हो ।

मन्त्रीपरिषदले अन्तरािष्ट्रय हवाई उडान र अन्तराष्ट्रिय सीमा पनि साउन ७ गतेसम्म बन्द गर्ने निर्णय भएको छ।

सरकारले काठमाडौं उपत्यका भित्रन सिफारिस अनिवार्य गर्ने निर्णय गर्दै थप कडाईको नीति अघि सारेको छ। अब अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ। सो निर्णय हवाई तथा स्थलमार्गबाट आउने सबैमा लागू हुनेछ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।